सोमबार, वैशाख ८, २०८२

करीब ४४ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद

मेरोन्यूज २०८१ पुष १ गते १३:१३

पर्सा । पर्सा जिल्लाको विभिन्न स्थानहरुबाट करीब ४४ लाख रुपैयाँ बराबरको सामानहरु बरामद भएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगलीबाट ३० लाख ४९ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।

सोही ठाउँस्थित एक घरमा राखिएको अवस्थामा गोदाममा छापा मारेर १ हजार ६ सय २७ पिस कुर्ता सुरुवाल, २ हजार ७ सय ६८ पिस सल र १ हजार ७ सय २८ पिस स्काफ, लेडिज व्याग तथा कस्मेटिक सामानहरु बरामद गरेको हो ।

यसैगरी सोही महानगरपालिका–१६ स्थित ईनर्वा तथा अन्य नाकाहरुबाट १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानहरुसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटरसाईलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाईल, मोबाईल एसोसेरिज र लत्ताकपडा सो गुल्मले मंसिर ३० गते बरामद गरेको हो । सामान ल्याउने व्यक्तिहरु भने गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएका थिए ।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया