घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु

दमौली (तनहुँ)। यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः सुरु भएको हो ।
निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुङ्गानाले जानकारी दिए । काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो ।
उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जिएमआर कन्ट्रक्सन प्रालि चितवनले विसं २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो ।
एक हजार पाँच सय सय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विसं २०८० पुस २१ गते सम्म सम्पन्न गर्ने गरी भ्याटसहित तीन करोड ७१ लाख ११ हजार दुई सय २५ मा ठेक्का लागेको थियो ।
















जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया