घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु

दमौली (तनहुँ)। यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः सुरु भएको हो ।
निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुङ्गानाले जानकारी दिए । काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो ।
उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जिएमआर कन्ट्रक्सन प्रालि चितवनले विसं २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो ।
एक हजार पाँच सय सय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विसं २०८० पुस २१ गते सम्म सम्पन्न गर्ने गरी भ्याटसहित तीन करोड ७१ लाख ११ हजार दुई सय २५ मा ठेक्का लागेको थियो ।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया