माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको संख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।
मङ्गलबार जारी गरिएको प्रारम्भिक तथ्याङ्कले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।
अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् ।
चक्रवातले प्रतिघन्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर (१० इन्च) वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।
चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् ।
चिडोले नियमित रूपमा चक्रवातहरू आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।
हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहको ज्यान लिएको आशङ्का गरिएको छ।













‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया