३१ अंकले घटेको बजारमा २११ कम्पनीको मूल्य घट्यो

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशलमव ४३ अंकले घटेर २,५९६ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । भूगोल इनर्जीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।















यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया