रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

काठमाडौँ । युक्रेनी ड्रोन र छिमेकी रूसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रूसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ ।
रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन् ।
उनले भने, “आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।” आक्रमणपछि रूसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको छ ।
उनले भने, “अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रूसी अधिकारीले बरिब एक घण्टापछि नियन्त्रणमा लिएका छन् ।
उनले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताएका छन् ।
रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको छ, “किएभले विमानको प्रयोग गरेर आतङ्कवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको छ ।”
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ ।
रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया