सी जिनपिङद्वारा मकाउको ‘स्वस्थ’ जुवा उद्योगको प्रशंसा

चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले निवर्तमान नेता हो इट–सेङको नेतृत्वमा आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा ‘नयाँ उपलब्धिहरू’ हासिल गरेको बताउनुभएको छ । पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ को ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सव मनाउनु एक दिनअघि उनको यो टिप्पणी आएको हो ।
चिनियाँ शासनको २५ वर्षमा मकाउले लास भेगासलाई उछिन्दै जुवा राजस्वको हिसाबले विश्वको क्यासिनो राजधानी बनेको छ । यसको जनसङ्ख्या चिनियाँ पर्यटक खर्चले धनी बनाएको छ । तर बेइजिङले वर्षौँदेखि मकाउको अर्थतन्त्रलाई विविधीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । एक भव्य भोजमा बोल्दै सीले होको प्रशासनले ‘व्यावहारिकतासँग चुनौतीहरूको सामना गर्न मकाउका विभिन्न क्षेत्रहरूलाई एकजुट र नेतृत्व गरेको’ बताए।
उनले सहरले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योग कानूनअनुसार स्वस्थ र व्यवस्थित रूपमा विकास भएको’ बताउनुभयो । होले सन् २०१९ मा कार्यभार सम्हाल्नुभएको थियो र उनको कार्यकालको धेरैजसो समय कोरोना भाइरस महामारीप्रति मकाउको प्रतिक्रियाद्वारा परिभाषित गरिएको थियो । यसले पर्यटक–निर्भर सहरलाई ठूलो झट्का दिएको थियो । नेतृत्वका लागि एकमात्र उम्मेद्वार र चार सय सदस्यीय समितिले छनोट गरेका पूर्व शीर्ष न्यायाधीश साम हौ–फाईले शुक्रबार शहर नेताको रूपमा पदभार ग्रहण गरे ।
तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएका राष्ट्रपति सीले मकाउको भविष्यका लागि ‘तीनवटा अपेक्षा’ पनि उल्लेख गर्नुभयो । “मकाउले सही रूपमा आफ्नै स्थिति पत्ता लगाउनुपर्छ र वैज्ञानिक तरिकामा यसको भविष्यको विकासको योजना बनाउनुपर्छ तथा ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग थप सक्रिय रूपमा जोड्नुपर्छ”, उनले भने ।
ग्रेटर बे एरिया सिलिकन भ्यालीलाई उछिन्ने लक्ष्यका साथ हङकङ, मकाउ र चीनको दक्षिणी तटका नौ सहरलाई एकीकृत गर्ने महत्त्वाकांक्षी आर्थिक खाका हो । सीले मकाउ प्रतिभा आकर्षित गर्न र ‘सुधार र नवप्रवर्तन गर्ने साहस’ गर्न ‘खुला र समावेशी’ हुने आशा व्यक्त गरे । उनले बिहीबार मकाउ विज्ञान र प्रविधि विश्वविद्यालयका साथै हेङ्किन टापुको भ्रमण गरे।
यो टापु बेइजिङले मकाउलाई आफ्नो गैर–खेल विकासका लागि जग्गा आपूर्ति बढाउन आंशिक रूपमा भाडामा दिएको थियो । मकाउ वरपर सुरक्षा बढाइएको छ र बिहीबार सीको भाषणको स्थल मकाउ पूर्वी एसियाली खेलकुद गुम्बज बाहिर सडक अवरोध गरिएको छ । छिमेकी हङकङको विपरीत मकाउमा चिनियाँ शासनमा फर्किएपछि ठूलो मात्रामा राजनीतिक अशान्ति देखिएको छैन ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया