आगलागीबाट १५ लाखको क्षति
मेरोन्यूज
२०८१ पुष ५ गते १५:५८

वालिङ(स्याङ्जा) । गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ । भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए।
गएराति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुईतले घर र गोठमा क्षति पुगेको छ । विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट दुईतले कच्ची घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । रातिको समयमा अकस्मात घर जल्दा भित्रै रहेको रु एक लाख ३० हजार नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया