फाइनलअघि के भन्छन् सुदूरपश्चिम र जनकपुरका कप्तान ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि भोलि फाइनल हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेका छन्।
उपाधिका लागि भिड्नुअघि शुक्रबार आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानले आफूहरुले जितबारे धेरै नसोचेको र भोलि अहिलेसम्मकै राम्रो क्रिकेट खेल्ने बताएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले आफूहरुले दुई पटक पराजित गरेको भए पनि विपक्षी टोलीलाई कमजोर नठानेको बताए। उनले भोलिको खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्ने बताए।
‘भोलिको लागि तयारी राम्रो भइरहेको छ,’ ऐरीले भने, ‘पहिले हरायौं भन्दैमा हामीले सजिलो रुपमा लिएका छैनौं। टिम एकदमै टफ छ। जसरी लिगहरुको म्याच खेलीरहेका थियौं, फाइनलमा पनि त्यसरी नै खेल्नै छौं।’
उनले थपे, ‘जित, हार आफ्नो छ। आफ्नो शतप्रतिशत दिएर खेल्छौं।’
त्यस्तै जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पनि नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘भोलि एउटा राम्रो क्रिकेट खेल्छौं,’ शेखले भने, ‘हामीसँग जेजति छ, त्यो मैदानमा दिन्छौं। नतिजाको बारेमा त्यस्तो केही सोचेका छैनौं।’
नतिजा जे आए पनि मैदानबाट निस्कदा आफूले बेष्ट दिएको भनेर आफूलाई लाग्नुपर्ने उनले बताए। शेखले भने, ‘मैदानबाट निस्कदा यति मात्रै लाग्नु पर्यो कि आफूसँग जे जति थियो, त्यो दियौं।’
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया