हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको नगर सभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१/८२ का लागि विनियोजित बजेटमा रु. १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगर सभाले चालु आव २०८१/८२ का लागि रु. दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो ।
चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सबारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वह वर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए । नदीजन्य पदार्थको उत्खन्न तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट रु. २० करोड ६२ लाख १७ हजार राजस्व संकलन गरेको जनाएको छ । यस्तै सो अवधिमा चालु आव २०८१/८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।















यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया