हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको नगर सभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१/८२ का लागि विनियोजित बजेटमा रु. १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगर सभाले चालु आव २०८१/८२ का लागि रु. दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो ।
चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सबारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वह वर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए । नदीजन्य पदार्थको उत्खन्न तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट रु. २० करोड ६२ लाख १७ हजार राजस्व संकलन गरेको जनाएको छ । यस्तै सो अवधिमा चालु आव २०८१/८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया