आइतबारदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

काठमाडौंमा भोलिदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन-२०२४ हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ।
विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।
सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहेको छ। प्राध्यापक पी खरेलको ‘बहुच्यालन र दर्शकको खण्डीकरण’ विषयमा विशेष प्रस्तुति रहेको छ।
यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया