अन्वेषक पदम श्रेष्ठद्धारा लिखित “फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक

काठमाडौं । दक्षिणकाली क्षेत्रको विविध धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाबारे लेखिएको “फर्पिङ दक्षिणकाली पुस्तिका (बुक लेट)” सार्वजनिक भएको छ ।
सुकुण्डा ल्याय्म्ह पुचःद्वारा शनिवार आयोजित कार्यक्रममा दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले बुकलेटको लोकार्पण गरेका हुन् ।
उनले यस पुस्तिकामार्फत दक्षिणकाली नगरको पहिचानका रुपमा रहेका धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदाहरुबारे प्रचार हुने र आन्तरीक पर्यर्टन भित्र्याउन योगदान पुग्ने विचार व्यक्त गरे ।
नगर प्रमुख बस्नेतले दक्षिणकाली नगरमा दक्षिणकाली मन्दिर मात्र छैनन्, दिनभर घुम्न पुग्ने चर्चित स्थानहरु पनि छन्, जस्को प्रचार गर्नुपर्ने आवश्यकता रहेकोमा पुस्तिकामा उल्लेख र चर्चाले नगरका सम्पदालाई चिनाउने बताए ।
अन्वेषक पदम श्रेष्ठले लेखेका बुकलेटमा दक्षिणकाली क्षेत्रको धार्मिक र ऐतिहासिक विभिन्न मठ, मन्दिर, विहार, स्तुपा,गुफालगायतको विस्तृत विवरण समावेश गरिएको छ ।
सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठले सो पुस्तिकामा धार्मिक सम्पदा, स्थानीय कृषिजन्य उत्पादन, खाना, पदमार्ग, जात्रापर्वको समेत चर्चा गरिएकोले दक्षिणकाली मन्दिरको दर्शन गरेर दिनभर नगरमा घुम्न मिल्ने स्थानहरुबारे उजागर भएको बताए ।
सो पुस्तिकामा गोपालकालिन सम्पदास्थल गोपालेश्वर र नजिकै आदिवासी राजा बाणासुर र उनकी छोरी उषा मैयाँको दरवारको भग्नावशेष, नेपालकै पहिलो र दक्षिण एसियाको दोस्रो जलविधुत पावर हाउस चन्द्र नहर पोखरीबारे लेखिएको छ । त्यसैगरी फर्पिङबासीलाई असाध्य रोग लाग्नबाट बचाउने बज्रयानी धर्म गुरु ओदियानाचार्यद्धारा स्थापित बज्रयोगिनी मन्दिर, गुरु गोरखनाथको पदचिन्ह ,असुरा गुफा र त्यो भन्दा माथि प्राचीन दक्षिणकालीको भव्य सम्पदास्थल भ्रमणका लागि सचित्र बर्णन गरिएको छ ।
फर्पिङ देश भित्रै किरातकालिन राजा पब्बि अर्थात पचली भैरबको दरवार , ३३ कोटी देवी देवताको संयुक्त स्वरुपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो बसु बर्माकालिन शिलापत्र अन्नपुर्ण भगवती मन्दिरको एक कुनामा र अर्को कुनामा राजा जयस्थिति मल्लका छोरा राजा धर्म मल्लको शिलापत्र समेटिएका छन् । फर्पिङलाई ऐतिहासिक ,पुरातात्विक ,सास्कृतिक र आर्थिक उत्थानमा टेवा पुर्याउने उदेश्य राखिएको बुक लेटभित्र फर्पिङबाट ३ कि.मी.मात्र पुर्वोत्तर वलामी झाक्रीद्धारा स्थापित दक्षिण मनकामना ,लिच्छविकालमा उपत्यकाको चार भञ्ज्याङमा स्थापित चार नारायाण मध्ये एक शेष नारायण र संगै दोस्रो बुद्धका रुपमा लिईने महायानी धर्म गुरु पद्मसंभवले समेत सिद्धता प्राप्त गरेको असुरा गुफा रहेको तथ्य सार्वजनिक गरिएको छ ।
फर्पिङको डल्लुमा एक सय ८ फिट अग्लो महायानी धर्मगुरु पद्मसम्भवको विशालकाय मुर्ती र सयौ कोठाका ध्यानागार गुम्वाको चर्चा गरिएको छ ।
कार्यक्रममा उपमेयर बसन्ती डङगोल तामाङ वडा ९ का अध्यक्ष अमृका बलामी, वडा ५ अध्यक्ष श्यामबहादुर खत्रीको उपस्थिति रहेको थियो ।
















Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया