मिडिया एक्सनकाे ९ औं स्थापना दिवस: नयाँ कार्यसमितिकाे अध्यक्षमा झा

काठमाडौंर । मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सहित आफनो नवौं स्थापना दिवस मनाएको छ । मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्दै आएको संस्था मिडिया एक्सन नेपालले शनिबार नवौं स्थापना दिवस तथा तेस्रो अधिवेशन समेत सम्पन्न गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मनोज दुवाडी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, वर्किङ वुमन जर्नलिस्ट्सकी अध्यक्ष रामकला खड्का, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, र नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले मिडिया एक्सन नेपालले मिडिया विकास र प्रेस स्वतन्त्रताका लागि गरेका प्रभावकारी कामहरुको खुलेरै प्रशंसा गरेका थिए ।
यसैगरी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले स्वतन्त्र सञ्चारमाध्यमले सामना गरिरहेका बढ्दो चुनौतीहरूको समाधानका लागि तत्काल कदम चाल्न आवश्यक भएको बताए। उनले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न ढिलाइ भएमा सञ्चारमाध्यमको निगरानी भूमिका कमजोर हुनसक्ने चेतावनी दिए। यसैगरी नव निर्वाचित अध्यक्ष प्रियंका झाले मिडिया एक्सन नेपालको भावी योजनाप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै स्वतन्त्र सञ्चारमाध्यमको संरक्षण र जवाफदेहिता प्रवर्द्धन गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
यसैगरी स्थापऩा दिवसकै अवसर पारेर डिजिटल युगमा स्वतन्त्र पत्रकारिताका चुनौतीहरु तथा डिजिटल दुष्प्रचारको रोकथाम विषयमा प्यानल छलफल समेत चलाएको थियो । सो छलफलमा वरिष्ठ पत्रकार नम्रता शर्माले पत्रकार दलीय प्रभावबाट जबसम्म बाहिर निस्कन सक्दैनन् तब सम्म निश्पक्ष समाचार सामाग्री आउन नसक्ने धारणा व्यक्त गरिन् ।
यसैगरी त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागका उपप्राध्यापक घमराज लुइँटेलले प्रविधिको विकाससँगै आमसञ्चार माध्यममा समेत एआई प्रविधि आइसकेको भन्दै एआईले पनि सहि सत्य तथा सहि सूचना प्रवाहमा चुक्न सक्नेमा चनाखो हुनपर्नेमा जोड दिए । छलफलमा द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल, हिमाल प्रेसका सम्पादक चन्द्रशेखर अधिकारी, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल लगायतका वक्ताहरुले सञ्चार क्षेत्रप्रति आम नागरिकमा विश्वास जगाउन यस क्षेत्रमा देखिएका कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको तथा मिडियालाई परिपक्व बनाउन पत्रकार आफै जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश संयोजकहरु सम्मानित भएका थिए । मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता र सञ्चार विकासका पहलहरूमा उल्लेखनीय योगदान पुर्याएका तीन प्रदेश संयोजकहरूलाई पुरस्कृत गरेको हो । पुरस्कृत संयोजकहरुमा मधेश प्रदेशका हदीस खुद्दार, कोशी प्रदेशका नरेन्द्र ढकाल र कर्णाली प्रदेशका ललितबहादुर बुढा रहेका छन्।
तेस्रो अधिवेशनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । प्रियंका झा मिडिया एक्सन नेपालको कार्य समिति अध्यक्षको रुपमा सर्वसम्मत निर्वाचित भएकी छिन् । यसैगरी उपाध्यक्षमा मिमबहादुर परियार, सचिवमा बाल कृष्ण साह, कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्वाचित भएकी छिन्।
सदस्यहरुमा गणेश प्रसाद घिमिरे, यमबहादुर दुरा र त्रिगुणा भट्टराई निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष लक्ष्मणदत्त पन्तलाई नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया