धरानमा सङ्गीत जात्रा महोत्सव सुरु

धरान (सुनसरी) । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ धरानमा ११ दिने सङ्गीत जात्रा महोत्सव सुरु भएको छ ।
मौलिक तथा जातीय भेषभुषा, सांस्कृतिक प्रदर्शनी, अर्गानिक खाद्यान्नलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव आइतबारबाट धरान उपमहानगरपालिका–१५ बगरकोटमा सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ ।
महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश ईवारमले बताउनुभयो । महोत्सवको पहिलो दिन किरातीहरुको साकेला सिली र लिम्बुहरुको च्याब्रुङ प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवको आयोजक नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान–१५ रहेको छ भने सह आयोजक त्रिवेणी महिला समूह रहेको छ । महोत्सवमा ५० वटा स्टल रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले जानकारी दिए ।
महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रक हेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाललगायतको प्रस्तुति रहने जनाइएको छ ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया