भरूवा बन्दुकसहित दुई जना पक्राउ
मेरोन्यूज
२०८१ पुष ९ गते १७:१२

भोजपुर। भोजपुरमा भरूवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।
आमचोक गाउँपालिका-१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक १ नाल र सोही बन्दुकको ७ राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय सुदिप राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक र गोली सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया