भएका बिमान ग्राउण्डेड भएपछि वायुसेवा निगमको सबै आन्तरिक उडान ठप्प

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान ठप्प भएको छ । उडानमा रहेको एकमात्रै ट्विनअटर विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द भएको हो ।
निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ । अर्को पनि हालै ग्राउन्डेड भएको छ ।
प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले सकेसम्म चाँडै विमान उडान सेवा सञ्चालन गरिने बताए ।
“प्राविधिक समस्या आएकाले केही समयलाई विमान ग्राउन्डेड भएको हो,” उनले भने, “समस्या समाधानका लागि आवश्यक प्रक्रियामा सुरु भइसकेको छ । अघिल्लो विमान ग्राउन्डेड भएलगत्तै यो प्रक्रिया सुरु भएको हो । ताकेता गरेर छिट्टै काम हुन्छ ।”
निगमले काठमाडौं र क्षेत्रीय हब विमानस्थलबाट दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० विमान छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया