बिहीबार, वैशाख १०, २०८३

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

मेरोन्यूज २०८१ पुष १२ गते ६:५३
JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं । इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अङ्कले पछि छाडेको छ। तालिकामा लिभरपुलको ४२ तथा चेल्सीको ३५ अङ्क छ।

Advertisement
NiccNicc

यसअघिका ७ मध्ये ५ खेलमा पराजित भएको लिसेस्टरले छैटौँ मिनेटमा जोर्डन आयुको सानदार गोलमा अग्रता लिएको थियो। एन्डी रोबर्टसन र मोहम्मद सलाहको प्रहार गोल पोस्टमा लागेपछि निराश भएको लिभरपुलका लागि पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गरेका थिए।दोस्रो हाफको चौथो मिनेटमा एलक्सिस म्याक्स एलिस्टरको पासलाई गोलमा परिणत गर्दै कर्टिन जोन्सले लिभरपुललाई अग्रता दिलाए। ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। सो गोल उनको सिजनको १९ औं गोल हो।

प्रतिक्रिया