एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने

काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ ।
बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्य, पार्टी केन्द्रीय सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेएन थपलिया लगायतको सहभागिता थियो ।
बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्नुका साथै दसौँ बृहत् राष्ट्रिय खेलकुद, राष्ट्रिय संघ र ओलम्पिक कमिटी, महासंघका घटक संघ व्यवस्थित गर्ने, सामाजिक सञ्जालमा नीति र नेता रक्षा तथा सकारात्मक जनचेतना मूलक अभियान सञ्चालन, वडा तहसम्म राजनीतिक वैचारिक प्रशिक्षण सञ्चालन, जनतासँग जनसंगठन विशेष अभियान तथा प्रदेश र जिल्ला कमिटीका अधिवेशन सम्बन्धमा छलफल भएको छ।














आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया