एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने

काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ ।
बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्य, पार्टी केन्द्रीय सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेएन थपलिया लगायतको सहभागिता थियो ।
बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्नुका साथै दसौँ बृहत् राष्ट्रिय खेलकुद, राष्ट्रिय संघ र ओलम्पिक कमिटी, महासंघका घटक संघ व्यवस्थित गर्ने, सामाजिक सञ्जालमा नीति र नेता रक्षा तथा सकारात्मक जनचेतना मूलक अभियान सञ्चालन, वडा तहसम्म राजनीतिक वैचारिक प्रशिक्षण सञ्चालन, जनतासँग जनसंगठन विशेष अभियान तथा प्रदेश र जिल्ला कमिटीका अधिवेशन सम्बन्धमा छलफल भएको छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया