तिलावे पुल मर्मतसम्भारको माग

वीरगञ्ज (पर्सा) । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।
पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिए। “जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ”, उनले भने, “निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्को दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ । यद्यपि निर्णय भएको छैन ।”
पुल नजिकबाट पथान्थरण गरिएको छ । “हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका छौँ । डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ”, उनले भने । हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । तिलावे पुल ५० वर्षअघि निर्माण भएको हो ।












सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया