आइतबार, वैशाख १३, २०८३

‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति घोषणा

मेरोन्यूज २०८१ पुष १२ गते १३:५१

काठमाडौं । फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै २३ फागुनमा फिल्म रिलिज हुने जनाएका हुन् ।

Advertisement
NiccNicc

क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेटिएकाे फिल्म ‘होस्टेल ३’ का मुख्य पात्र आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी र पदम तामाङ हुन्।

फिल्ममा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय छ।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो।

प्रतिक्रिया