त्रिवि दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको यसपटकको दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । त्रिविले शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा दीक्षान्त समारोह आयोजना गर्दै छ । यस वर्ष उत्तीर्ण हुने विद्यार्थी संख्याका आधारमा भने यो संख्या न्यून हो ।
तर, यसपटकको दीक्षान्त समारोहमा धेरै विद्यार्थीको सहभागिता रहेको त्रिविका रजिस्ट्रार प्रा.डा. केदार रिजालले बताए । उनका अनुसार यसपटक दीक्षित हुन योग्य विद्यार्थी अर्थात् उत्तीर्ण विद्यार्थी संख्या ७४ हजार ४५ हो ।
तर, १४ हजार ३०८ ले मात्रै दीक्षान्त समारोहमा भाग लिँदै छन् । गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको दीक्षान्त समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षित हुने विद्यार्थीको संख्या बढेको र ठाउँ व्यवस्थापन गर्न कठिन भएको बताए । ‘गत वर्षभन्दा विद्यार्थी संख्या धेरै भयो, ग्राउन्डमा नअट्ने समस्या छ,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भइरहेको छ ।’












स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया