त्रिवि दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको यसपटकको दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । त्रिविले शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा दीक्षान्त समारोह आयोजना गर्दै छ । यस वर्ष उत्तीर्ण हुने विद्यार्थी संख्याका आधारमा भने यो संख्या न्यून हो ।
तर, यसपटकको दीक्षान्त समारोहमा धेरै विद्यार्थीको सहभागिता रहेको त्रिविका रजिस्ट्रार प्रा.डा. केदार रिजालले बताए । उनका अनुसार यसपटक दीक्षित हुन योग्य विद्यार्थी अर्थात् उत्तीर्ण विद्यार्थी संख्या ७४ हजार ४५ हो ।
तर, १४ हजार ३०८ ले मात्रै दीक्षान्त समारोहमा भाग लिँदै छन् । गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको दीक्षान्त समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षित हुने विद्यार्थीको संख्या बढेको र ठाउँ व्यवस्थापन गर्न कठिन भएको बताए । ‘गत वर्षभन्दा विद्यार्थी संख्या धेरै भयो, ग्राउन्डमा नअट्ने समस्या छ,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भइरहेको छ ।’
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया