यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु १५०, बन्दा (लोकल) प्रतिकेजी रु ४० कायम भएको छ ।
यसैगरी बन्दा (तराई) प्रतिकेजी रु ३०, बन्दा (नरिवल) प्रतिकेजी रु ४०, काउली स्थानीय प्रतिकेजी रु ५०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ६०, काउली तराई ( प्रतिकेजी रु ३०, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु ३५, सेतो मूला (हाइब्रीड) प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ७०, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ८० घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।
समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङो प्रतिकेजी रु १००, चमसुर प्रतिकेजी रु १००, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १३० र एक केजी गुन्द्रुकको मूल्य रु ३०० तोकेको छ ।
यसैगरी, झोले स्याउ प्रतिकेजी रु २६०, फुजी स्याउ प्रतिकेजी रु ३००, केरा प्रतिदर्जन रु १७० निर्धारण गरिएको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया