तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्राथमिकता

कोलम्बो । श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागूऔषधको ओसारपसार, भ्रष्टाचार र अवैध आप्रवासन रोक्न एकीकृत अनुगमन महाशाखा स्थापना गर्न विमानस्थल तथा उड्डयन सेवा र श्रीलङ्का भन्सारका अधिकारीलाई निर्देशन दिएको छ ।
अनुगमन महाशाखाले अन्य निषेधित वस्तुको प्रवेश, विमानस्थल र भन्सारमा हुने अनियमितता र देशबाट अनधिकृत रुपमा बाहिरिने कार्य रोक्न पनि ध्यान केन्द्रित गरिने जनाएको छ ।
अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार र विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँग शनिबार भएको भेटमा राष्ट्रपति दिसानायकेले अधिकारीहरूलाई उक्त निर्देशन दिएको हो ।
राष्ट्रपतिले तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिँदै हालको ‘स्क्यानिङ’ उपकरणलाई उन्नत स्क्यानरले प्रतिस्थापन गर्न निर्देशन दिए ।













New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया