हात्ती प्रभावित बाहुनडाँगीमा ‘तरुल उत्सव’

झापा । स्थानीय जातका तरुलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ‘तरुल उत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर यही पुस २९ गतेदेखि माघ १ गतेसम्म उत्सव हुने भएको हो ।
चार दशकदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएका बाहुनडाँगीका स्थानीयले पछिल्लो समय हात्तीले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती गर्दै आएका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । पर्यावरणमैत्री अर्गानिक खेतीबालीलाई प्रोत्साहन हुनुका साथै ग्रामीण पर्यटनको प्रवर्द्धन हुने भएकाले तीन वर्षदेखि बाहुनडाँगीमा तरुल उत्सव हुँदै आएको उनले जानकारी दिए ।
उत्सवमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजातिको प्रदर्शनी गरिनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि भइरहेका प्रयासका बारेमा छलफल गरिने वडाध्यक्ष कार्कीले बताए । उत्सवमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतबाट आगन्तुकहरू आउने उनले उल्लेख गरे ।
पहाड र तराईको जुनसुकै भूगोलमा फल्ने तरुलमा स्वास्थ्यवद्र्धक खाद्यतत्व फाइबर प्रशस्तमात्रामा पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्या समाधानका लागि यसको उपभोग औषधितुल्य हुने बताइन्छ । बाहुनडाँगीमा स्थानीयले सिमल तरुल, घरतरुल, वनतरुल, पतालेतरुल, पिँडालुलगायत विभिन्न जातका तरुलको व्यावसायिक खेती गर्दै आएका छन् ।
विगतमा धान, मकै, कोदो र गहुँखेती गर्दै आएका यहाँका बासिन्दाले हात्तीबाट बाली जोगाउन नसकेपछि बाली परिवर्तन गर्न थालेका हुन् । साथै यहाँ चिया, तेजपत्ता, सुपारी, मरिच, कागती, तोरी, तरुललगायत कृषिजन्य नगदेबालीलाई प्राथमिकता दिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया