हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल

काठमाडौँ। हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल चुनिएका छन् ।
शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले अस्ट्रेलियालाई कर्मथलो बनाएका खरेललाई ग्लोबल कोर्डिनेटरमा छनौट गरेको घोषणा गरेको हो । इन्नोभेटिभ एशोसियट्सका सिईओ तथा प्रिन्सिपल खरेल अस्ट्रेलियामा एकाउन्टेन्ट र लेक्चररको पेशामा सक्रिय छन् ।
शनिबार वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको प्रमुख आतिथ्यमा हेल्प नेपाल नेटवर्कले २५ औँ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, सुशीला (रुपा) केसी तथा अटिजम भएका बालबालिकाको सेवामा समर्पित सविता उप्रेतीलाई अभिनन्दन गरिएको थियो । साथै संस्थाको स्थापनाकालदेखि सघाउने व्यक्तिहरूलाई सम्मानिएको थियो ।
‘हामी व्यवहारिक र परोपकारी व्यक्ति बनौं ।’ ग्लोबल कोर्डिनेटरमा नियुक्त भएका दिला खरेलले भने, ‘म युवा अवस्थामै हेल्प नेपालमा जोडिएको हो । जीवनभर यहि संस्थाको सेवा गर्न चाहन्छु ।’ उनले संस्थाले आगामि दिनमा १० करोड रुपैंयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको बताए ।
हेल्प नेपाल नेटवर्क नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आईरहेको कल्याणकारी संस्था हो । सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन बढी मुलुकमा शाखा छन् । “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया