रौतहटमा आगलागी हुँदा २० भन्दा बढी घर जले
मेरोन्यूज
२०८१ पुष १५ गते १२:०३

रौतहट । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट २० भन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो।
आगलागीको खबर पाएलगत्तै प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलबिछवा र गौर नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण बढी क्षति भएको प्रहरीको भनाइ छ ।
आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा, अन्नलगायत जलेको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेका बेलामा आगलागी भएकाले सरसामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।
सम्बन्धित










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया