एक वर्षमा नेपाल भित्रिए साढे ११ लाख पर्यटक

काठमाडौँ। सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।
















चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
खाली गरियो थापाथलीको सुकुम्बासी बस्ती
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया