अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाको अर्जुनचौपारी गाँउपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गाँउपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशाकीय अधिकृतहरु पुरण गुरुङ र कमल प्रसाद गौतम, इञ्जिनियरहरु नविन थापा, सुदिप आचार्य र सूर्यप्रसाद पौडेलविरुद्ध भ्रष्टाचारमद्दा दायर गरेको हो ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसी अनि अर्को उपभोक्ता समूहका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी वि।क।अनि कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ को आव २०७५/०७६ र आव २०७६ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उनीहरूमाथि आरोप छ।
गाउँपालिकाका अध्यक्ष अर्यालमाथि ३५ लाख ३९ हजार विगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक विगो मागदावी छ ।
प्रतिक्रिया