एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न महासचिव पोखरेलको आग्रह
मेरोन्यूज
२०८१ पुष १६ गते १६:५६

काठमाडाैं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।
एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए।
महासचिव पोखरेलले ‘मिसन ८४’अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए। मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन पनि दिए।
महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा भने सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरे।
सम्बन्धित
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया