सोमबार, मंसिर ८, २०८२

माधव जी र म एक हुने भयाैं : वामदेव गौतम

मेरोन्यूज २०८१ पुष १७ गते १६:४२

काठमाडौं । अन्ततः वामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । 

पार्टी प्रवेशका लागि विभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन् ।

‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने ।

उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन सो भने खुलाइएको छैन । 

‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया