गौशालामा मृत भेटिएकी युवतीको हत्या भएको आशंका, सँगै बसेका युवक फरार
मेरोन्यूज
२०८१ पुष १८ गते १३:१७

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार, २२ वर्षीया खड्का बुधबार (हिजो) साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी हुन् । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको हो ।
सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ ।
सुस्मिता जापान जाने तयारीमा थिइन् । उनी केही दिनअघि मात्र जापानबाट नै नेपाल फर्किएका युवकसँग कोठामा बस्न पुगेको खुलेको छ ।
फरार युवकको जापान फर्कने मिति बिहीबार (आज) देखिएको छ । प्रहरीले उनको खोजी थालेको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया