सोमबार, चैत २, २०८२

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जीज

मेरोन्यूज २०८१ पुष १८ गते १४:३७

काठमाडौं । यही जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभललाई टोटल इनर्जीजले मुख्य प्रायोजन गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले बुधबार टोटल इनर्जीजका लागी नेपालको आधिकारीक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिसँग टाइटल स्पोनरसिपका लागि सम्झौता गरेको हो ।

इभेन्टको मुख्य प्रयोजकको लागी लक्ष्मी ल्यूब आयल प्रालिको तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोवाइल्स एसोसिएसनका तर्फबाट मिडिया एण्ड ब्राण्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता गर्दै सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल ल्यूर्बीकेन्टले नेपालमा पनि आफ्नो गुण्स्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटरस्पोर्टस्मा पनि अधिकारीक रुपमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै टोटल इनर्जीज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपाली मोटरस्पोर्टस् सँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास नेपाल अटोमोवाइल्स एसोसिएसनका अंकित भण्डारीले बताए ।

टोटल इानर्जीज सहित अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थीक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने सो फेस्टिभल अन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डु कप, क्वाड बाइक एड्भेनर्चस र स्टन्ट शो गरी ५ वटा इभेन्टहरु हुनेछन् ।

फेस्टिबलकै अवसरमा जनवरी ३ को मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपको आयोजना हुनेछ ।  त्यसमा पनि टोटल इनर्जीजले सहयोग गर्नेछ ।

प्रतिक्रिया