पत्रकार श्यामसुन्दर पुडासैनीको निधन
मेरोन्यूज
२०८१ पुष २० गते ७:०१

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए ।
सम्बन्धित
प्रतिक्रिया