राष्ट्रिय सूचना आयोगद्वारा अन्तरक्रिया

काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचनाको हक सम्वन्धि समसामयिक सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रम उच्च अदालत पाटनका माननीय न्यायाधीसहरुबीच समक्ष विशेष कार्यक्रम सम्पन्न भएको छ।
न्यायाधीसहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा सूचनाको हक कार्यान्वयनको लागि गरिने न्याप सम्पादनमा दुबै पक्षको मुली पुनरावेदन उपर सुनुवायीको अवसर प्रदान गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
सूचना आयोगद्वारा आज आयोजित विशेष कार्यक्रमको सर्वोच्चका अदालतका माननीय न्यायाधीस शुनिल कुमार पोख्रेलले उद्घाटन गर्दै सूचना बौद्धिक सम्पत्ति भएको उल्लेख गरे। सर्वोच्च सर्बोच्चका न्यायाधीस पोख्रेलले सूचनाको हक बिश्वव्यापी अधिकारको रुपमा स्थापित भएको बताउँदै भने- ‘जुन व्यक्तिसँग सूचना पर्याप्त छ, त्यो व्यक्ति सम्पत्तिको हिसावमा धनी हुने अवस्था आएको छ। तसर्थ संबिधान र कानुनले दिएको हक प्रयोग गरेर सूचना माने संख्यामा दिनानुदिन वृद्धि हुन थालेको छ। यसो हुनुमा सूचनाको हक सम्वन्धि जागरुकता पैदा हुनु हो। अर्को अर्थमा भन्ने हो भने सार्वजनिक निकायले सूचना सार्वजनिक नगरेको कारणले सूचना माग्नेको संख्या दिनप्रतिदिन वृद्धि हुन पुगेको छ।’
लोकतान्त्रिक व्यवस्थामा जवाफदेहीता र पारदर्शिताले नै सुशासनको अवस्था बलियो हुने बताउँदै न्यायाधीस पोख्रेलले भने( त्यस्ता सार्वजनिक निकायलाई जवाफदेही बनाउ जुन निकायले आफ्नो सूचनाप्रति पूर्ण जवाफदेही हुन सकोस ।
अहिले यत्ति काम गर्न आयोग सफल भयो, भने सूचनाको हक स्थापित गर्ने काममा ठूलै उपलब्धी हासिल हुने छ।ु आयोगले सूचना वर्गीकरण नभएको अवस्थामा आफैले कार्यविधी बनाएर सार्वजनिक सूचना र गोप्य सूचनाको अवधारणाका आधारमा काम गर्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उच्च अदालत पाटनका कायममुकाम मुख्य न्यायाधीस माननीय लाल बहादुर कुवरले मौलिक हकको कार्यान्वयनको सुनिश्चितताका लागि सूचना आयोग र उच्च अदालतको काधँमा गहन जिम्मेवारी रहेको बताए। कायममुकाम न्यायाधीस कुवरले भने- ‘आयोग स्थापना भएको पनि पन्ध्र वर्ष भइसकेको छ। तसर्थ समय सापेक्ष ऐन कानुन र नियमावलीले संशोधन माग गरेको छ। त्यसको लागि आयोगले आफ्नो अभ्यासको आधारमा कानुनमा परिमार्जनको आवश्यक्ता छ ।’
सूचनाको हकसँगै सूचना माग कर्ताको विषयमा समेत अध्ययनको आवश्यक भएको बताउँदै उनले पुनरावेदनको सुनुवाइ गर्दा आधारभूत तहमा फैसला गर्नु अधि दुवै पक्षको कुरा सुनेर न्याय सम्पादन गर्न जोड दिए। सूचनाका सीमा र अभ्यासबाट समेत आफ्नो काम स्थापित हुन सक्ने बताउदै कायम मुनाम यायाधीस कुवरले नागरिकप्रति जवाफदेहीता र सुशासनको लागि सूचनाको हकको सुनिश्चिताले मात्र लोकतन्त्र बलियो बन्ने कुरामा जोड दिए ।
सूचना आयोगका प्रमुख आयुक्त डा सुरेश आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीस माननीय दुर्गा प्रसाद ढुंगेल र आयोगडा आयुक्त दुर्गा भण्डारी पौडेलले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्न भएको थियो।
कार्यक्रममा माननीय न्यायाधीसहरु लेखनाथ पौडेल, ब्रजेश प्याकुरेल, कृष्णराम कोइराला हेमन्त रावलले महत्वपूर्ण सुझाव राखेका थिए । आयोगका सचिव कमल भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राखेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया