शनिबार, वैशाख १९, २०८३

‘जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ’

मेरोन्यूज २०८१ पुष २० गते १९:५८

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरूरी रहेको बताएका छन् ।

Advertisement
NiccNicc

आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उहाँले जनकपुरधाम महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याएका हुन्।

पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रका रूपमा रहेको यातायात क्षेत्र र कार्यरत मजदुरको अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । विगतमा आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गरे ।

यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया