बागमती प्रदेश लिगको उपाधि चितलाङ्गलाई

काठमाडाैं । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको छ । फाईनल खेलमा चितलाङ्गले दोलखाको टाईगर टिमलाई ३ –० गोलले पराजित गर्यो ।
चितलाङ्गका लागि सुजित वुढाथोकीले २ र आयुष कुंवरले १ गोल गरे । चितलाङ्गका सुजित वुढाथोकी मोष्ट भ्यालुएवल प्लेयर घोषित भई नगद रु १५ हजार हात पारे । चितलाङ्गको सुन्दर चन्द श्रेष्ठ वेष्ट किपर, जनक कोईराला वेष्ट डिफेन्स, विज्ञान खडका वेष्ट मिडफिल्डर, रुपेश क्षेत्री वेष्ट कोच घोषित भए भने टाईगर टिमका सुजन माझी वेष्ट स्ट्राईकर चुनिए । व्यक्तिगत विधातर्फ उत्कृट भएका खेलाडीहरुले जनही ५ हजार प्राप्त गरे ।
विजेता चितलाङ्गले टफ्री सहित नगद रु दुई लाख, उपविजेता टाईगर टिमले १ लाख नगद हात पार्यो । चितलाङ्गले फाईनल यात्रा तय गर्न सेमीफाईनलमा ललितपुरको लक्कीस्टार क्लबलाई ३–१ , लिग चरणमा काभ्रेको माउन्ट एभरेष्ट एफसीलाई ३–० र चितवनको विएफसीलाई २–० गोलले पराजित गरेको थियो ।
वागमती प्रदेश फुटबल संघद्धारा हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा लिगकम नकआउटको आधारमा पौष १० गतेदेखि सन्चालित खेलमा जिल्ला लिग च्याम्पियन क्लबहरु पदम पोखरी युवा क्लब (मकवानपुर), विएफसी (चितवन), धुनिवेसी युथ समाज (धादिङ्ग), वट्टार युथ क्लब (नुवाकोट), चित्लाङ्ग फुटबल क्लब (काठमाण्डौ), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेष्ट एफसी (काभ्रे), चौतारा स्पोटिङ्ग (सिन्धुपाल्चोक), टाईगर टिम (दोलखा), व्लु अल्पाईन (सिन्धुली) र ललितपुरबाट लक्की स्टारक्लबको सहभागीता रहेको थियो ।
चितलाङ्ग र टाईगर टिम अखिल नेपाल फुटबल संघले आयोजना गर्ने एन्फ प्रेसिडेन्ट लिगका लागि छनोट भएको बताइएको छ ।









पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया