माउन्ट एभरेष्ट मोटरस्पोट्रस फेस्टिभल धुलिखेलमा सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा शनिवार धुलिखेलमा माउन्ट एभरेष्ट मोटरस्पोट्रस फेस्टिभल सम्पन्न भएको छ ।
माउन्ट एभरेष्ट मोटरस्पोट्रस फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला)मा प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा भएको सो फेस्टिभलमा मोटरस्पोर्टस्का ४ वटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनी लगायत विभिन्न आकर्षण रहेको थियो ।
फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, काटर््समाण्डु कपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिग्विजय आचार्य तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।
विजेताहरुले जनही क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरेका छन् ।
बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया