महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।
उनले पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने उनले बताए । यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।
उहाँका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारी सिस्नेरीतर्फबाट र काटमाडौँबाट हेटौँडा आउने सवारीसाधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया