सार्वजनिक यातायातको भाडा बढ्यो
मेरोन्यूज
२०८१ पुष २२ गते १७:४७

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया