सलमानको घरभित्र छिरे अपरिचित व्यक्ति

बलिउडि अभिनेता सलमान खानको घरमा अपरिचित व्यक्ति प्रवेश गरेका छन्। प्रहरीका अनुसार याे घटना मे २० मा भएको थियो। प्रहरीले बिहीबार मात्रै यसबारे सार्वजनिक गरेको थियो ।
अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २३ वर्षीय आरोपीको नाम जितेन्द्रकुमार हो । उनी छत्तिसगढका बासिन्दा हुन् । २ दिनमा यस्तो खालको यो दोस्रो घटना हो ।
मे १९ मा ईशा छाबडा नामकी एक महिलाले पनि ग्यालेक्सी अपार्टमेन्टमा प्रवेश गर्ने प्रयास गरेकी थिइन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै घटनामाथि अनुसन्धान जारी छ ।
सलमानको सुरक्षामा तैनाथ प्रहरी अधिकारी सन्दीप नारायणको उजुरीमा बान्द्रा प्रहरीले एफआईआर दर्ता गरेको छ । मे २० मा बिहान ९ः ४५ बजे ग्यालेक्सी अपार्टमेन्ट भवन वरिपरि एक अपरिचित व्यक्ति घुमिरहेको देखिएका थिए ।
प्रहरीले उनलाई सम्झाएर त्यहाँबाट अन्यत्र जान भनेका थिए । तर यो सुनेर आरोपीले आफ्नै मोबाइल भुइँमा फ्याँकेर फुटाइदिए ।
ती व्यक्ति फेरि साँझ ७ः १५ बजे ग्यालेक्सी अपार्टमेन्टको मुख्य ढोकामा आए र भवनमा बस्ने एक व्यक्तिको कारमा गेटभित्र छिरे । घटनास्थलमा उपस्थित प्रहरी हवलदारहरूले तुरुन्तै पक्राउ गरे र बान्द्रा प्रहरीलाई बुझाए ।
गतवर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो । लरेन्स ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको छ ।










एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया