राजिनामा नदिने अडानमा गृहमन्त्री लेखक भन्छन् : कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा किन दिने ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउँदै कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजिनामा दिन आवश्यक नरहेको जिकिर गरेका छन् ।
शनिबार काठमाण्डौंमा सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री लेखकले गृहमन्त्रालयमा हजारौँमा नभएर लाखौँ कर्मचारी रहेको बताए ।
“ गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्ष्मय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ ।” उनले भने–“ कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ ? । आजसम्म त्यस्तो भाको छ ? त्यसकारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमुलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।”
मन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने जिकिर गरे ।
“ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामाम दिन्छु ।” उनले भने–“ म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।” उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए ।
त्यसैगरी शनिबार गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ती जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित÷प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तीमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको जनाएको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विषयमा छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयले आयोगबाट हुने छानविन र अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया