नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षकको आगमन

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन्। भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी माघ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन्।
भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन्। पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ। उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन्। एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन्। काठमाडु माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात काठमाडौं आइपुगेका छन्।
एनकेएलको पहिलो सिजनमा आबद्ध १७ विदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने आयोजक एनकेएलले जनाएको छ। दुई हप्तासम्म चल्ने उक्त प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ।










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया