तीनवटा संसदीय समितिका बैठक बस्दैँ
मेरोन्यूज
२०८१ पुष २३ गते ७:३०

काठमाडौं। संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सिंहदरवारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हाहे ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ ।
उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पुरानै अजेन्डा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
साथै, विधायन व्यवस्थापन समितिको बैठकमा लामो समय देखी छलफल भइआएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया