यी १० देश, जसमा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध छ

काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।
छिमेकी मुलुक भारत सरकारले डिजिटल पर्सनल डाटा प्रोटेक्शन (डीपीडीपी) को मस्यौदा पनि प्रस्तुत गरेको छ, यो ऐनअनुसार बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्नुअघि अभिभावकको अनुमति लिनु पर्ने नियम बनाउँदैछ, अर्को छिमेकी मुलुक चीनमा त लगभग सबै सामाजिक सञ्जाल प्रतिबन्ध जस्तै रहेको छ ।
तर, तपाइलाइ यो थाहा नहुन सक्छ कि अष्टेलिया जस्तै विश्वका अन्य १० देशमा पनि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको छ । अष्ट्रेलियाः ले बालबालिकाका लागि मात्रै सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएको छ । विश्वका १० देशमा फेसबुक, इन्स्टाग्राम र ट्वीटर जस्ता एप या त पूर्ण रूपमा प्रतिबन्धित छन् वा प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाः सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ भने इन्टरनेट प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।
चीनः फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, सरकारले वी च्याटबाट काम गर्ने अनुमति दिएको छ ।
ब्राजिलः झुटा समाचार फैलाएको भन्दै ट्विटरमा प्रतिबन्ध लगाइएको छ ।
इरानः राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै इरानमा फेसबुक, ट्वीटर र युट्युब पूर्ण रूपमा प्रतिबन्धत लगाएको छ ।
साउदी अरेबियाः सामाजिक सञ्जालमा कडा नजर राख्छ, मुख्यतया शाही परिवारका बारेमा लेख्न प्रतिबन्ध गरेको छ ।
टर्किः ट्विटर, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल एपहरूमा सेन्सरशिप लगाएको छ।
रुसः सामाजिक सञ्जालमा कडा प्रतिबन्ध लगाइएको छ, राष्ट्रिय सुरक्षामा खतरा देखिएमा इन्टरनेट सुविधा पनि बन्द गर्दछ
संयुक्त अरब इमिरेट्सः यहाँ साइबर अपराध कानून धेरै कडा छ। सरकार र इस्लाम विरुद्ध बोल्ने पक्राउ पर्न सक्छ र क्षतिपूर्ति पनि तिर्न सक्छ।
इजिप्टः इजिप्टमा पनि सोशल मिडियामा कडा प्रतिबन्धहरू लागु भएका छन्।
भियतनामः सरकार विरुद्ध केही लेखेमा तुरून्त गिरफ्तारी हुन सक्छ।












‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
One dead, 38 missing after Philippine dump site collapse
Trump says will meet Venezuelan opposition’s Machado ‘next week’
कैलाली कारागारबाट भागेका २२६ कैदी अझै फरार
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया