‘युवा लक्षित क्षमता अभिवृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो’

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् ।
मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए ।
उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही न केही हजार व्यक्तिहरु विदेश जाने गरेको देखिन्छ । मुलुकभित्रै बस्नको लागि उनीहरुलाई केही सिकाएको भए वास्तवमा उहाँहरुले मुलुक बनाउने काम पनि गर्नु हुन्थ्योहोला । त्यसकारण क्षमता विकासको जुन विषय छ यो एकदमै पेचिलो छ ।’
यसको साथै उनले सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुने भन्दै सामान्य भाषामा हुने हो भने सबैको फइदा लिन सक्ने बताए ।
उनले भने, ‘सरकारले मानव विकासमा धेरै खर्च नगरेको कारण दुःख पाएर जाने र कम पैसा मुलुकमा ल्याउनुपर्ने अवस्था छ । सरकारले नीति त बनाएको छ तर यसरी बनाएको छ कि तपाइँ हामीले बोल्ने भाषामा बनाएको छैन् ।
जुन भाषामा बनाएको छ त्यो भाषा तलको मान्छे बुझ्ने खालको छैन् । सरकारी अभिलेखहरु सामान्य नेपालीहरुले नबुझ्ने खालको हुन्छ । सबैले बुझ्न सक्ने भएको भएर सबैको फाइदा लिन सक्ने अवस्था हुन्थ्यो होला ।’













खैरो हिरोइनसहित बैतडीबाट पाँच जना पक्राउ
FNCCI President Dhakal Holds Talks with UAE Economy Under-Secretary
सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया