साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेकाे १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०÷८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा रु ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी रु एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।
संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।











One dead, 38 missing after Philippine dump site collapse
Trump says will meet Venezuelan opposition’s Machado ‘next week’
कैलाली कारागारबाट भागेका २२६ कैदी अझै फरार
Gaza civil defence says Israeli attacks kill 13 including 5 children
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया