इरानले एकै बर्षमा दियो ९०० लाइ फाँसी

न्युयोर्क । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले इरानको कडा आलोचना गरेको छ ।
संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ७ जनवरी २०२५मा एक प्रतिबेदन सार्बजनिक गर्दै इरानमा गत वर्ष मात्रै ९०० भन्दा बढी मानिसलाई फाँसी दिइएको बताएका छन । गत डिसम्बरको एक साताभित्रै सजायको नाममा ४० जनालाइ फाँसी दिइएको उनले बताए ।
भोल्कर टर्कले भने, ‘हामीले इरानमा मृत्युदण्डको सजाय दिनेको संख्यामा वर्षैपिच्छे वृद्धि भएको देख्नु अत्यन्तै चिन्ताजनक छ। इरानले मृत्युदण्डको बढ्दो प्रचलनलाई रोक्ने समय आएको छ।’
इरानमा हत्या, लागुऔषध ओसारपसार, बलात्कार र यौन दुव्र्यवहारजस्ता ठूला अपराधका लागि मृत्युदण्ड दिइदै आएको छ। एम्नेस्टी इन्टरनेशनल लगायतका मानव अधिकार समूहका अनुसार इस्लामिक गणतन्त्रले चीनबाहेक अन्य कुनै पनि देशको तुलनामा प्रतिवर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जसको लागि कुनै भरपर्दो डाटा उपलब्ध छैन।
इरानमा फाँसी दिने घटना बढ्दै गएपछि मानवअधिकारकर्मीहरू चिन्तित भएका छन्। उनीहरू विश्वास गर्छन् कि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अधिकारीहरूले मृत्युदण्डलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन्। जस्तो कि, २०२२–२०२३ को राष्ट्रव्यापी विरोध प्रदर्शनपछि अधिकारीहरूले विपक्षी र आलोचकहरूलाई मृत्युदण्डको सजाय दिएको आरोप छ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले गत वर्ष अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको बताएको छ । तर, सो क्रममा आलोचक र २०२२ को प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरू पनि मारिएका छन ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया