इरानले एकै बर्षमा दियो ९०० लाइ फाँसी

न्युयोर्क । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले इरानको कडा आलोचना गरेको छ ।
संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ७ जनवरी २०२५मा एक प्रतिबेदन सार्बजनिक गर्दै इरानमा गत वर्ष मात्रै ९०० भन्दा बढी मानिसलाई फाँसी दिइएको बताएका छन । गत डिसम्बरको एक साताभित्रै सजायको नाममा ४० जनालाइ फाँसी दिइएको उनले बताए ।
भोल्कर टर्कले भने, ‘हामीले इरानमा मृत्युदण्डको सजाय दिनेको संख्यामा वर्षैपिच्छे वृद्धि भएको देख्नु अत्यन्तै चिन्ताजनक छ। इरानले मृत्युदण्डको बढ्दो प्रचलनलाई रोक्ने समय आएको छ।’
इरानमा हत्या, लागुऔषध ओसारपसार, बलात्कार र यौन दुव्र्यवहारजस्ता ठूला अपराधका लागि मृत्युदण्ड दिइदै आएको छ। एम्नेस्टी इन्टरनेशनल लगायतका मानव अधिकार समूहका अनुसार इस्लामिक गणतन्त्रले चीनबाहेक अन्य कुनै पनि देशको तुलनामा प्रतिवर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जसको लागि कुनै भरपर्दो डाटा उपलब्ध छैन।
इरानमा फाँसी दिने घटना बढ्दै गएपछि मानवअधिकारकर्मीहरू चिन्तित भएका छन्। उनीहरू विश्वास गर्छन् कि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अधिकारीहरूले मृत्युदण्डलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन्। जस्तो कि, २०२२–२०२३ को राष्ट्रव्यापी विरोध प्रदर्शनपछि अधिकारीहरूले विपक्षी र आलोचकहरूलाई मृत्युदण्डको सजाय दिएको आरोप छ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले गत वर्ष अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको बताएको छ । तर, सो क्रममा आलोचक र २०२२ को प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरू पनि मारिएका छन ।













म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया