मैले एमाले छोडेको छैन : लेखराज भट्ट
मेरोन्यूज
२०८१ पुष २४ गते १०:३२

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् र उनी एमालेमै रहेको बताएका छन्
पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सचिव लेखराज भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए ।
सामाजिक संजालमा आफ्ना विषयमा भ्रमपूर्ण सन्देश लेखिएको भट्टको भनाइ छ । ‘यथार्थ कुरो के हो भन्ने कुरा सम्बन्धित व्यक्तिलाई बुझेर लेख्ने गरे हुन्थ्यो, सामाजिक संजालमा भ्रम फैलाइयो,’ उनले भने, ‘म केन्द्रीय समितिमा सहभागी भएका भिडियो फुटेज आइरहेको देख्नुभएको होला ।’
सम्बन्धित


















कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया