बालविवाह घटाउन बाँकेका युवा सक्रिय

बाँके । विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र द एसिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्था रहेको युएसएआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रमअन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि, २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समूहका युवालाई समावेश गरी वडास्तरीय युवाक्लब गठन भइरहेको समृद्धि फाउण्डेशन नेपालका कार्यक्रम संयोजक शकील अहमद खानले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १३ वडामा युवाक्लब गठन गरिसकिएको छ भने अन्य वडामा पनि क्लब गठनको तयारी भइरहेको छ । बालविवाह, दाइजो प्रथा र सामाजिक रूपमा हानि गर्ने अभ्यास न्यूनीकरणका लागि युवाको सङ्गठन निर्माण गरी सामुदायिक गतिविधिमा सहभागिता वृद्धि गराउने र स्थानीय युवाबीच बलियो सामुदायिक सम्बन्ध स्थापना गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक खानले बताए । अभियानमार्फतसचेत, सजग र सशक्त युवाको उपलब्धता हुने लक्ष्य राखिएको छ ।
स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानवअधिकार, महिलाअधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीतिविरूद्धका सचेतना अभियानमा सक्रियतापूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य राखेको छ ।
प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरी मधेसी मुस्लिम र पछाडि पारेका सीमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङ्गता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशनका अध्यक्ष महेश चौधरीले जानकारी दिए ।
योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, लक्षित समूह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने, वडास्तरीय जनप्रतिनिधि र स्थानीय सरकारलाई युवाक्लब गठनप्रति बढी जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको उनले उल्लेख गरे ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया