बिहीबार, वैशाख २४, २०८३

रौतहटमा एकैदिन २० जना फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०८१ पुष २४ गते १८:१०

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ। 

Advertisement
NiccNicc

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुदाका ३ जना, लेनदेन मुद्दाका २ जना , कुटपिट मुद्दाका २ जना तथा सवारी ज्यान र बिगो सम्बन्धी मुद्दाका एक एक गरी २० जना पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहट प्रहरीको सूचनामा उल्लेख गरिएको छ। एसपी घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत सैयौं फरार प्रतिवादी लाई पक्राउ गरिनुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटले झण्डै २ करोड बराबरको अबैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ

प्रतिक्रिया