दशौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौं। कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।
दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।
मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।
मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने बताए । उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुने बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।
सदस्य–सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।
सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।











पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया